भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने
सारांश
- चलचित्र क्षेत्रका तीन चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाललाई 'त्रिदेवी सम्मान' प्रदान गरिने भएको छ।
- साधना म्युजिक रिवार्डको पाँचौँ संस्करणमा ५ दशकदेखि सक्रिय गायिका चन्द्रकला शाहलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' दिइनेछ।
- रिवार्डमा लोक दोहोरी, आधुनिक पप, र राष्ट्रिय गीत लगायतका विभिन्न विधामा अवार्डहरू प्रदान गरिनेछ, जुन काठमाडौंको चलचित्र विकास बोर्डमा आयोजना हुनेछ।
काठमाडौँ । चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना म्युजिक रिवार्ड –२०८१’ मा यी तीन कलाकार एकसाथ ‘त्रिदेवी सम्मान’ दिइन लागिएको हो ।
नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित ‘साधना म्युजिक रिवार्ड –२०८१’ पाँचौँ संस्करण हो । जसमा ५ दशकदेखि अनवरत रूपमा सक्रिय गायिका एवं गीतकार गायिका तथा गीतकार चन्द्रकला शाहलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान समेत गरिने भएको छ ।
नेपाली गीत सङ्गीतका विभिन्न विधा समेटेर आयोजना गरिँदै आएको रिवार्डमा यस वर्षको रिवार्डमा लोक दोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, सङ्गीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदैछ ।
रिवार्ड काठमाडौँको चलचित्र विकास बोर्डमा आयोजना गरिने आयोजक सामना शाहले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण