धनगढीमा अत्यधिक विषादीयुक्त २ हजार बढी किलोग्राम आँप नष्ट

कैलाली । धनगढीस्थित सहिद गेट कृषि उपज थोक बजारमा रहेको जय श्री जानकी स्टोरमा राखिएको २ हजार २ सय ६० किलोग्राम आँपमा आइतबार विषादीको अत्यधिक मात्रा भेटिएपछि नष्ट गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लका अनुसार आइतबार थोक बजार तथा मण्डीबाट तरकारी र फलफूलका १५ वटा नमुना सङ्कलन गरी विषादी अवशेष परीक्षण गरिएको थियो।
परीक्षणमा भिन्डी, काँक्रो, टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा परीक्षण गर्दा भारतबाट आयात गरिएको आँपमा मात्र विषादीको मात्रा अत्यधिक देखिएको हो ।
’आँपमा पाइएको विषादीको मात्रा मानव स्वास्थ्यका लागि हानिकारक हुने स्तरभन्दा धेरै भएकाले तत्काल नष्ट गरिएको हो,’मल्लले भने ।संयुक्त अनुगमन टोलीले सहिद गेट कृषि उपज थोक बजार, दक्षिणकाली मार्ग सब्जीमण्डी र धनगढी चौराहास्थित हाट बजारबाट नमुना सङ्कलन गरेको थियो ।
अनुगमनमा धनगढी उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पत्रकार महासङ्घ लगायत सरोकारवाला निकायहरू सहभागी थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले अन्य फलफूल तथा तरकारीमा विषादीको मात्रा सामान्य सीमाभित्र देखिए पनि भारतबाट ल्याइएको उक्त आँपमा अत्यधिक विषादी भेटिएको र त्यसैले खान अयोग्य ठहर गर्दै नष्ट गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द ब्ल्यू लाइट’को शुभमुहूर्त
-
धूम–४ मा रणवीर कपूरको इन्ट्री
-
सार्वजनिक यातायात बन्दको दोस्रो दिन फाट्टफुट्ट चले भाडाका गाडी, तस्बिरहरू
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
गणेश रसिकलाई नेता र सङ्गीतकर्मीले दिए अन्तिम अन्तिम श्रद्धाञ्जली
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल