मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा

आइतबार, १८ जेठ २०८२, २३ : ३२
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । आइतबार राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा पाक कलामा आधारित 'भोजनलिपि स्वाद'को तेस्रो संस्करण सम्पन्न भएको छ । 

नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकोमा सोहीअनुसार तेस्रो संस्करण नेपाल हाउसमा सम्पन्न गरिएको हो । 

उक्त, संस्करणमा नेपालीपन झल्काउने खानाका विभिन्न परिकारहरू तयार गरेर त्यसको प्रवर्द्धन गरिएको नेपाल हाउसका प्रमुख रुद्र शर्माले जानकारी दिए । 

नेपाल हाउसकै अन्य दुई सञ्चालकहरु टीका गौतम र सन्तोष गौतमले आइतबार नेपाली उत्पादनका विभिन्न २१ परिकार तयार गरिएको जानकारी दिए । जसमा लौका र गाजरबाट बनेको लड्डु, सिकार्नी, जेठो बुढोको चामल र माछाको झोल, च्याँख्ला र सिन्कीको झोल, नुडल्स युथ सिस्नुको झोल, इन्द्रेणी मःम, निगुरोको अचार, केराको बुंगोको अचार, साँधेको भटमास, हाँसको छोइला, कटहरको छोइला, सिस्नुको सुपलगायत समावेश थिए । 

सांगीतिक प्रस्तुतिसमेत रहेको उक्त खाना प्रदर्शनीमा सहभागीहरुले नेपालीपनको स्वादको तारिफ गरेका थिए । शर्माका अनुसार यस्तै स्वाद नेपाल हाउसमा खानाका पारखीहरुकाे रुचिअनुसार उपलब्ध गराइँदै गइनेछ । 

यस्तै  अभियानले पनि आगामी दिनमा यसखालको कार्यक्रमलाई अन्य ठाउँमा पनि निरन्तरता दिइने बताएको छ । 

496511233_629092736805003_2332331628144494536_n496514207_1293561442442236_9068520266087181459_n

494569428_1231088691729568_4554047187956034245_n494571838_1000227338992939_3295257351809191278_n494576950_630776546683981_3918091872227326946_n496510679_1109208117697901_5963966543352868657_n496514610_683247028018245_1587572954687663627_n496515694_680595704885543_8923403386637471747_n496516007_1406087250532996_8043463100827582872_n496516205_582074121181356_8976346305736134964_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप