सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
काठमाडौँ । आइतबार राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा पाक कलामा आधारित 'भोजनलिपि स्वाद'को तेस्रो संस्करण सम्पन्न भएको छ ।
नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकोमा सोहीअनुसार तेस्रो संस्करण नेपाल हाउसमा सम्पन्न गरिएको हो ।
उक्त, संस्करणमा नेपालीपन झल्काउने खानाका विभिन्न परिकारहरू तयार गरेर त्यसको प्रवर्द्धन गरिएको नेपाल हाउसका प्रमुख रुद्र शर्माले जानकारी दिए ।
नेपाल हाउसकै अन्य दुई सञ्चालकहरु टीका गौतम र सन्तोष गौतमले आइतबार नेपाली उत्पादनका विभिन्न २१ परिकार तयार गरिएको जानकारी दिए । जसमा लौका र गाजरबाट बनेको लड्डु, सिकार्नी, जेठो बुढोको चामल र माछाको झोल, च्याँख्ला र सिन्कीको झोल, नुडल्स युथ सिस्नुको झोल, इन्द्रेणी मःम, निगुरोको अचार, केराको बुंगोको अचार, साँधेको भटमास, हाँसको छोइला, कटहरको छोइला, सिस्नुको सुपलगायत समावेश थिए ।
सांगीतिक प्रस्तुतिसमेत रहेको उक्त खाना प्रदर्शनीमा सहभागीहरुले नेपालीपनको स्वादको तारिफ गरेका थिए । शर्माका अनुसार यस्तै स्वाद नेपाल हाउसमा खानाका पारखीहरुकाे रुचिअनुसार उपलब्ध गराइँदै गइनेछ ।
यस्तै अभियानले पनि आगामी दिनमा यसखालको कार्यक्रमलाई अन्य ठाउँमा पनि निरन्तरता दिइने बताएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण