विवेकशील साझा पार्टीले मनायो चौथो उज्वल थापा स्मृति दिवस

काठमाडौँ । विवेकशील साझा पार्टीका संस्थापक थापाको चौथो स्मृति सभा वैकल्पिक राजनीतिमा सहकार्यको अपरिहार्यतामा जोड दिँदै सम्पन्न भएको छ।
काठमाडोैँको गोकर्ण हाउसमा आयोजित स्मृति सभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उज्वल थापाले नेपालको वैकल्पिक राजनीतिमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै उनको मार्गदर्शनलाई अभ्यासमा ल्याउन अपील गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालले वैकल्पिक राजनीतिक अभियानलाई थप सशक्त बनाउन सहकार्य गर्दै सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।
नागरिक पहिलो अभियानका डम्बर खतिवडाले वैकल्पिक राजनीतिको मैदान उर्वर भएको भन्दै मोैलिक अभियानमा जोड दिए।
स्मृति समारोहमा पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रन्जु दर्शना,प्रवक्ता आशुतोष प्रधान,सदस्यहरु धनेज थापा र नवराज थापाले पार्टी जीवन, वैकल्पिक राजनीति र उज्वल थापाको नेतृत्व र योगदानवारे आफ्ना विचारहरु ब्यक्त गरेका थिए।
स्मृति दिवसको अवसर पारेर स्वर्गीय थापाका माता पिता उदयबहादुर थापा, शान्ता थापा र वैकल्पिक राजनीति एवं नागरिक समाजका अगुवा डक्टर देवेन्द्रराज पाण्डेलाई सम्मान गरिएको थियो।
विवेकशील साझा पार्टीका संस्थापक थापाको २०७८ साल जेठ १८ गते ४४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
-
डिजिटल भुक्तानी सहज बनाउन एभरेस्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'
-
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
-
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा (तस्बिरहरू)
-
छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल