होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड
सारांश
- नेपाल प्रहरीले हनी ट्र्यापमा पारेर पैसा असुलेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ।
- पक्राउ परेका महिलाहरूले सामाजिक सञ्जालमार्फत पीडितलाई फसाएर होटलमा बोलाएर अश्लील भिडियो र फोटो खिचेका थिए।
- उनीहरूले ५ लाख रुपैयाँको चेक बनाउन बाध्य पारेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।
काठमाडौँ । हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा नेपाल प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।
उनीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार दुई जनाले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क बढाएका थिए ।
त्यसपछि पीडितलाई ठमेलस्थित होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गर्न लगाएका थिए । पीडित अचेत अवस्थामा पुगेपछि उनको अश्लील फोटो र भिडियो बनाइएका थिए ।
प्रहरी उपरीक्षक आचार्यका अनुसार तामाङ र चौगुठीले ती भिडियो र फोटोको स्क्रिनसट मेसेन्जरमा पठाएर पीडितलाई ‘काठमाडौँमा घर र ४ आना जग्गा दिनुपर्छ नत्र यौनशोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्की दिएका थिए । उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्य समेत पारेका थिए ।
प्रहरीले उनीहरूलाई बुधबार काठमाडौँ महानगरपालिका–११ हनुमानस्थानबाट पक्राउ गर्न सफल भएको थियो । उनीहरूको साथबाट मोबाइल २ थान र प्राइम कमर्सियल बैंकको आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक एक थान समेत बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक आचार्यले उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण