टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइएपछि...
सारांश
- कालिकोटको खाँडाचक्र नगरपालिका-३ मा रहेको स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन्। बिरामीलाई आइरन चक्की दिएको आरोप छ।
- स्थानीयका अनुसार स्वास्थ्य केन्द्रमा कर्मचारीको लापरबाही भएको छ। दुई हप्तादेखि कर्मचारी नभएको र नि:शुल्क औषधि नपाएको गुनासो छ।
- स्थानीयले कर्मचारीलाई कारबाहीको माग गरेका छन्। खोकी र टाउको दुखेका बिरामीलाई आइरन चक्की वितरण गरिएको बताइएको छ।
कालिकोट । टाउको दुखेको बिरामीलाई आइरन चक्की दिइएको भन्दै कालिकोटको खाँडाचक्र नगरपालिका-३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयले स्वास्थ्य केन्द्रको गम्भीर लापरबाही रहेको बताएका छन् । उक्त स्वास्थ्य केन्द्रमा करिब दुई हप्तादेखि कर्मचारी नरहेको स्थानीयको भनाइ छ ।
‘गाउँका स्वास्थ्य केन्द्रमा नागरिकमाथि यस्तो खेलबाड हुनु निकै लापरबाही हो, पावर र पहुँच देखाउँदै वडाका बिरामी नागरिकलाई थर्काउने, धम्काउने जस्ता कर्मचारीबाट भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय समयमा नआउने, सरकारले नि:शुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध हुँदैन ।’
साथै बिरामी नागरिकलाई दुख दिनु राम्रो विषय नभएको र खोकी लागेको, टाउको दुखेको बिरामीलाई औषधी लिन जाँदा आइरन चक्की वितरण गरिएको स्थानीय खगेन्द्र पाण्डेले बताए ।
उक्त आइरन चक्की स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीले वितरण गरेको उनको भनाइ छ । स्थानीयहरूले स्वास्थ्य केन्द्रका कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण