बुटवलका तीन सामुदायिक विद्यालय विद्यार्थी सङ्ख्यामा देशकै अग्रस्थानमा

समाचार सारांश
- शैक्षिक सत्र २०८१ मा बुटवलका तीन सामुदायिक विद्यालय देशका उत्कृष्ट १० भित्र परेका छन्।
- कालिका मानव ज्ञान मावि पहिलो, कान्ति मावि चौथो र नवीन औद्योगिक कदरबहादुर रिता मावि सातौं स्थानमा छन्।
- अङ्ग्रेजी माध्यम, दक्ष शिक्षक र राम्रो वातावरणका कारण विद्यार्थीको आकर्षण बढेको र सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बुटवल। शैक्षिक सत्र २०८१ मा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत देशका १० सामुदायिक विद्यालयमध्ये तीन वटा बुटवलमा रहेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवल उपमहानगरपालिकास्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय पहिलो स्थानमा रहेको छ। सो विद्यालयमा ७ हजार ४६७ विद्यार्थी अध्ययनरत छन्।
त्यस्तै, चौथो स्थानमा कान्ति माध्यमिक विद्यालय रहेको छ, जहाँ ५ हजार ३२४ विद्यार्थी छन्। सातौं स्थानमा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय रहेको छ, जसमा ४ हजार ४३२ विद्यार्थी अध्ययनरत छन्।
शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यार्थीको आकर्षण बुटवलका सामुदायिक विद्यालयतर्फ देखिएको बताए। उनका अनुसार ती तीन वटै विद्यालयमा सुरु देखिनै अङ्ग्रेजी माध्यमको पठनपाठन, दक्ष शिक्षक तथा राम्रो शैक्षिक वातावरण रहेकोले विद्यार्थी आकर्षित भएका हुन्।
उनले बुटवललाई शैक्षिक हबको रूपमा विकास गर्न सामुदायिक विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। साथै, विद्यार्थी सङ्ख्याको आधारमा देशभरका शीर्ष १० मा पर्ने विद्यालयहरूलाई सरकारले थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको उनले जानकारी दिए। ती विद्यालयमा विज्ञान विषय प्रवर्धन कार्यक्रमसमेत लागू गरिएको छ।
मन्त्रालयले यस्तो विवरण प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव