कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
सारांश
- खानेपानीमन्त्री प्रदीप यादवले इलामको कन्याम-पञ्चकन्या खानेपानी योजनाको काम छिटो सक्न निर्देशन दिए, अन्यथा ठेक्का रद्द गर्ने चेतावनी दिए।
- मन्त्री यादवले निर्माण व्यवसायीहरूले काम ढिलो गरेको गुनासो गर्दै, तोकिएको समयमा आयोजना सम्पन्न नगरे ठेक्का रद्द गर्ने बताए।
- मन्त्रीले स्वच्छ खानेपानी वितरणका लागि निर्माणाधीन आयोजनामा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति नदिने र काम तत्काल सुरु गर्न निर्देशन दिए।
इलाम । खानेपानीमन्त्री प्रदीप यादवले इलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाँडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कन्याम–पञ्चकन्या खानेपानी योजनाको ७७ प्रतिशत काम भएको आफूले जानकारी पाएकाले बाँकी रहेको काम तत्काल सक्न सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरे।
उनले भने, “कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्का रद्द गर्नुपर्छ ।”
मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने बताए ।
उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन् । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिँदैन, काम नगरे ठेक्का रद्द गर्छौँ ।”
यसैगरी उनले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताए ।
मन्त्री यादवले भने, “वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कसले लिने ? बाँकी रहेको यो खानेपानीको काम तत्काल सुरु गर्नुहोला । अधुरो छोडिएको पाइपलाईनको काम भोली बिहानबाट सुरु गर्नुस् ।”
उक्त कार्यक्रममा सुर्योदय नगरपालिका, फिक्कल इलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण