कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना, के भएको हो उनलाई ?
काठमाडौँ । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन् । प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन् । कमेडियन सुमन कार्कीले सामाजिक सञ्जाल मार्फत सहकर्मी गौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।
पहिलेदेखि गौडेलले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनले गौडेलको स्वास्थ्यमा अहिले ठिक भएपनि फलोअपका लागि त्यहाँ पुगेको जानकारी दिए ।
कमेडियन गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि उनले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराएका थिए ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए ।
कमेडियन सुमन कार्की लगायतका सहकर्मीले सामाजिक संजालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण