शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना, के भएको हो उनलाई ?

शुक्रबार, ०९ जेठ २०८२, १२ : ३२
शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन् । प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन् । कमेडियन सुमन कार्कीले सामाजिक सञ्जाल मार्फत सहकर्मी गौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।

पहिलेदेखि गौडेलले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनले गौडेलको स्वास्थ्यमा अहिले ठिक भएपनि फलोअपका लागि त्यहाँ पुगेको जानकारी दिए ।

कमेडियन गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि उनले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराएका थिए । 

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए ।

कमेडियन सुमन कार्की लगायतका सहकर्मीले सामाजिक संजालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप