सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारी बैठकलाई मन्त्री राणाले सम्बोधन गर्ने
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी बैठकलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्बोधन गर्ने भएकी छन् ।
सम्बोधनका लागि उनी बुद्ध एयरको नियमित उडानमार्फत मंगलबार धनगढी पुगेकी छन् । विमानस्थलमा मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले मन्त्री राणालाई स्वागत गरे ।
मंगलबार र बुधबार (जेठ २० र २१) सम्म सञ्चालन हुने पूर्वतयारी बैठकमा मन्त्री राणाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमार्फत प्रदेशको प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक विशेषता र आर्थिक सम्भावनालाई उजागर गर्दै दीगो विकास र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
'सुदूरपश्चिमको सशक्तीकरण लगानी, नवप्रवर्तन र उन्नति’ भन्ने मूल नारासहित सम्मेलन असोज १ र २ गते धनगढीमा आयोजना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण