सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
सारांश
- सर्लाहीको बागमती नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
- बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ट्र्याक्टरले बालिकालाई ठक्कर दिएको थियो, जसलाई उपचारका लागि अस्पताल लगिएको थियो।
- दुर्घटनामा संलग्न ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र बालिकाको शव वीरगञ्जमा राखिएको छ।
लालबन्दी। सर्लाहीको बागमती नगरपालिका–८ स्थित सोल्टीमा ट्रयाक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ६ः४५ बजे बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त. २८७ नम्बरको ट्रयाक्टरले स्थानीय सागर बिष्टकी छोरी प्रनिषा बिष्टलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्कालै उपचारका लागि दयन्ति अस्पताल नयाँरोड लगिएको थियो।
तत्काल थप उपचारका लागि उनलाई वीरगञ्जको बयोधा अस्पतालमा लगिएको थियो। उपचारका लागि लगिएको बालिकालाई चिकित्सकले राति करिब ८ः३० बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनास्थल सोल्टीको अस्थायी प्रहरी चौकीबाट करिब ३ किलोमिटर पश्चिमदक्षिणतर्फ पर्छ।
दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक सोही ठाउँका १८ वर्षीय मन्जित रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालिकाको शव वीरगञ्जस्थित बयोधा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण