राइड सेयरिङ नियमावली प्रकरण
राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय
मङ्गलबार, २० जेठ २०८२, १९ : १४
१
सारांश
- गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेको छ।
- केन्द्र सरकारको पत्रपछि मुख्यमन्त्रीको निर्णय, यातायात व्यवसायीसँग वार्ता गर्ने तयारी छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमावली रोक्न पत्र पठाएको थियो।
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेको छ । केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले उक्त नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका एक जना अधिकारीले बताए ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएको थियो । सोपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलपछि सो अवधिका लागि नियमावली स्थगित गर्ने र यातायात व्यवसायीसँग वार्ता गर्ने निर्णय भएको ती अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण