अपडेट
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
मङ्गलबार, २० जेठ २०८२, २० : ५६
सारांश
- यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन्।
- गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेपछि व्यवसायी छलफलमा जुटेका थिए।
- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले हडताल फिर्ता लिने निर्णय भएको जानकारी दिए।
काठमाडौँ । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।
बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले रातोपाटीलाई जानकारी दिए ।
उनले निर्णयसँगै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण