बुटवलमा लालपुर्जाविहीन जग्गाको नापजाँच सुरु
सारांश
- बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रका जग्गाको नापजाँच सुरु भएको छ।
- वडा १२ र १३ मा प्राविधिक टोली खटाइयो, साउनभित्रै लालपुर्जा वितरणको लक्ष्य छ।
- भूमि समस्या समाधान आयोगका अनुसार बुटवलमै पहिला लालपुर्जा वितरण गर्ने योजना छ।
बुटवल। बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रका जग्गाहरूको नापजाँच सुरु गरिएको छ।
उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग, रुपन्देहीले वडा नं. १२ र १३ मा नापजाँचको कार्य थालेको हो।
नगरप्रमुख खेलराज पाण्डेयका अनुसार वडा नं. १२ को दुर्गानगर र वडा नं. १३ को ताराटोल क्षेत्रमा अहिलेसम्म नापजाँच नभएका जग्गाहरूको नापजाँचका लागि उपमहानगरपालिकाबाट प्राविधिक टोली खटाइएको छ। उनका अनुसार साउन महिनाभित्रै लालपुर्जा वितरण गर्ने लक्ष्यसहित यो प्रक्रिया अघि बढाइएको हो।
यसअघि वडा नं. ११ को मजुवास्थित पाँच टोलमा १ हजार ७५० घरघडेरीको नापजाँच सम्पन्न भइसकेको छ। त्यसअघि वडा नं. ११ कै प्रगतिनगरमा १ हजार ७५२, वडा नं. २ अन्तर्गत पाखापानी, मनकामना टोल र सिर्जना नगरमा ९५०, वडा नं. १४ को कैलाशनगरमा ६५ र विनायकपुरमा करिब १०० घरघडेरीको नापजाँच सम्पन्न भइसकेको छ।
भूमि समस्या समाधान आयोग, रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको सक्रियताका कारण बुटवलमै सबैभन्दा पहिला लालपुर्जा वितरण हुने गरी काम अघि बढाइएको बताए। उनका अनुसार प्रक्रिया पूरा भएका घरघडेरीमा लालपुर्जा वितरण कार्य अघि बढिरहेको छ।
नापजाँच शाखाका त्रिदेव बुढाथोकीले वडा नं. १२ र १३ मा खटिएको प्राविधिक टोलीले डिजिटल नापी प्रणालीमार्फत कार्य गर्ने भएकाले कुनै समस्या नआउने स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण