रोशनी शाहीको दुई पेजको नोट : ‘छोरा तिम्रो लागि केही गर्न सकिनँ’
सारांश
- भक्तपुरको सूर्यविनायकमा रोशनी शाही मृत फेला परेकी छिन् र घटनास्थलबाट सुसाइड नोट बरामद भएको छ।
- मृतकले आफ्नो छोरालाई सम्बोधन गर्दै लेखेकी थिइन्, 'जीवनदेखि हार खाएँ ।'
- प्रहरीले शवको पोष्टमार्टम र भिसेरा परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ र घटनाको अनुसन्धान जारी छ।
काठमाडौँ । आइतबार भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ । घटनास्थलमा भेटिएको दुई पेज लामो नोटको ‘परीक्षण’ गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेले रातोपाटीलाई बताए ।
शाही जेठ ११ मा दिउँसो सुर्यविनायक नगरपालिका–३ स्थित आफू बस्ने फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन् । बालकोट वृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शवसँगै भेटिएको नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेकी छन् । छोराको लागी केही गर्न नसकेको भन्दै उनले लेखेकी छन्– ‘जीवनदेखि हार खाएँ ।’
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा लेखिएको छ– ‘छोरा, मैले तिम्रो भविष्यको लागी केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु सोचेको थिएँ ।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि उल्लेख गरेकी छन् । रोशनीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्छिन् ।
श्रीमान चित्रजंग शाही १५ दिनअघि विराटनगर गएका थिए । लामो समयसम्म ढोका नखुलेपछि घरधनीले चित्रजंगलाई फोन गरेर जानकारी गराए । डिप्रेसनको औषधी खाने हुनाले ढोका फोडेर हेर्न चित्रजंगले नै आग्रह गरेपछि घरधनीले प्रहरीलाई खबर गरे । परिसर भक्तपुरका डीएसपी नेउपाने भन्छन्– ‘हामीले जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर हेर्दा उहाँ मृत अवस्थामा हुनुहुन्थ्यो ।’
५० वर्षीया रोशनीले ओभर डोज औषधी खाएको आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘ओभर डोज औषध सेवन गरेको वा नगरेको परीक्षणपछि थाहा हुन्छ ।’
शवको पोस्टमार्टम र भिसेरा परीक्षण गर्न उनको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । फ्ल्याटमा उनी घोप्टो परेर मृत अवस्थामा भेटिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण