बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी पाँच जनाले खानै हुन्न खरबुजा

सोमबार, १९ जेठ २०८२, १६ : ५०
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । गर्मीमा खरबुजा अधिकांशलाई मन पर्ने फल हो । यसको सेवनले शरीरलाई शीतल बनाउँछ अनि पानीको कमीलाई हटाउँछ । तर, यो सबैका लागि फाइदाजनक छैन । 

केही स्वास्थ्य अवस्थाहरूमा खरबुजा खानु हानिकारक हुन सक्छ, जसले शरीरमा असन्तुलन वा अन्य समस्याहरू निम्त्याउन सक्छ । 

मधुमेहका बिरामी, मिर्गौलाका बिरामी, चिसो र खोकी लागेका व्यक्तिहरू, एलर्जीका बिरामी र पखाला लागेका मान्छेहरूले यसको सेवन गर्नु हुँदैन । 

आजको यस लेखमा हामी यी व्यक्तिहरूले के–कस्ता स्वास्थ्य कारणहरूले गर्दा खरबुजा खानु हुँदैन र आफ्नो स्वास्थ्यलाई राम्रो राख्न कस्ता विकल्पहरू अपनाउन सक्छन् भनेर कुराकानी गर्ने छौँ । 

मधुमेहका बिरामी

खरबुजामा प्राकृतिक चिनी (फ्रुक्टोज) प्रशस्त मात्रामा पाइन्छ, जसले रगतमा चिनीको मात्रा अचानक बढाउन सक्छ । मधुमेहका बिरामीहरूले यसलाई सीमित मात्रामा वा डाक्टरको सल्लाहमा मात्रै खानु पर्छ । 

एलर्जी वा संवेदनशील पेट भएकाहरू

केही मानिसहरूलाई खरबुजाबाट एलर्जी हुन सक्छ । यो खाएपछि छाला चिलाउने, सुन्निने वा सास फेर्न गाह्रो हुन सक्छ । साथै, संवेदनशील पेट भएका मानिसहरूलाई खरबुजाको अत्यधिक सेवनले अपच वा पेट दुख्ने जस्ता समस्या पनि हुन सक्छ । 

चिसो चीजबाट रुघा लागिहाल्ने मानिस

खरबुजाले शरीरलाई शीतल बनाउँछ । तर चिसो खाएपछि बारम्बार रुघाखोकी लाग्ने वा घाँटी दुख्ने व्यक्तिहरूले यो खानु हुँदैन । 

मिर्गौलाका रोगी

खरबुजामा पोटासियम प्रशस्त मात्रामा पाइन्छ, जुन स्वस्थ मिर्गौलाको लागि फाइदाजनक हुन्छ । तर, मिर्गौलामा समस्या भएका व्यक्तिहरूका लागि अत्यधिक पोटासियम सेवन खतरनाक हुन सक्छ । त्यस्ता व्यक्तिहरूले यसको सेवनअघि आफ्नो डाक्टरसँग परामर्श गर्नुपर्छ । 

पखाला भइरहेका व्यक्ति

खरबुजा उच्च पानी भएको फल हो । तर, कसैलाई पहिले नै पखाला वा पेट दुखेको छ भने, खरबुजाले उनीहरूको समस्यालाई अझ बढाउन सक्छ । 

खरबुजा एक पौष्टिक फल हो, तर यसको फाइदा सबैका लागि समान हुँदैन । तपाईँ पनि माथि उल्लेखित कुनै पनि समस्याबाट पीडित हुनुहुन्छ भने यसको सेवनअघि डाक्टरसँग परामर्श गर्नुहोस् । 

(अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।) 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप