बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

एआईलाई धम्की दिँदा पाइन्छ राम्रो जवाफ

सोमबार, १९ जेठ २०८२, १७ : ०२
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । कृत्रिम बौद्धिकता अर्थात् एआईलाई धम्की दियो भने यसबाट राम्रो परिणाम आउने अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलका सह–संस्थापक सर्गेई ब्रिनले दाबी गरेका छन् । 

यो भनाईले एआईबारे गम्भीर बहस निम्त्याएको छ । ब्रिनले हालै एक कार्यक्रममा एक चकित पार्ने बयान दिएका थिए । एआई मोडेलहरूलाई राम्रो परिणाम प्राप्त गर्ने हो भने धम्की प्रभावकारी हुन सक्ने उनले मियामीमा आयोजित अल–इन लाइभ कार्यक्रममा बताए । 

‘हामी एआई समुदायमा यसबारे धेरै कुरा गर्दैनौँ । तर शारीरिक हिंसाको धम्की दिनुभयो हाम्रो मात्र होइन, सबै मोडलहरूले जवाफ दिन्छन् ।’ ब्रिनले हाँस्दै भने,‘जवाफ दिएनौँ भने म तिमीलाई अपहरण गर्नेछुँ’ भनेर भन्नु भयो मोडेलले राम्रो प्रदर्शन गर्थे भनेर इतिहासमा त हुन्थ्यो भनेर पनि उनले भने । 

विनम्रतापूर्वक सोध्दा राम्रो उत्तर मिल्छ भनेर एआई प्रयोगकर्ताहरू प्रायः सोच्छन् । यस धारणालाई हालै ओपनएआईका सीईओ साम अल्टम्यानले पनि हल्का तरिकाले खारेज गरेका थिए । 

कृपया र धन्यवाद जस्ता शब्दहरूले बिजुलीको लागत बढाउँछन् ? भनेर एक प्रयोगकर्ताले सोधेका थिए । यसको जवाफमा अल्टम्यानले ठट्टा गर्दै यसले लाखौं डलरको कम्प्युटिङ पावर बर्बाद गर्ने बताए । 

ब्रिनले २०१९ मा गुगल छोडेका थिए । तर एआईको द्रुत विकासले उनलाई पुनः सक्रिय बनायो । उनी २०२३ मा कम्पनीमा फर्किए र अहिले जेमिनी एआई जस्ता परियोजनाहरूमा टोलीलाई मार्गदर्शन गरिरहेका छन् । ‘कुनै पनि कम्प्युटर वैज्ञानिकले अहिले अवकाश लिनु हुँदैन,’ उनले भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप