राइड सेयरिङ नियमावली प्रकरण
सङ्घ सरकारको पत्र गण्डकी पुग्यो, मुख्यमन्त्री पाण्डेले सुरु गरे छलफल
मङ्गलबार, २० जेठ २०८२, १८ : ४२
काठमाडौँ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली रोक्न भन्दै केन्द्र सरकारले पत्र पठाएकाे छ । केन्द्र सरकारकाे पत्रपछि गण्डकी प्रदेश सरकार आगामी कदमबारे छलफलमा जुटेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छलफल थालेका हुन् ।
अहिले मुख्यमन्त्री तथा सम्बन्धित मन्त्री र सचिवहरू पत्रको बारेमा छलफल गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले जानकारी दिए ।
‘पत्र प्राप्त भएको छ, अहिले यसबारे के गर्ने भन्नेमा मुख्यमन्त्रीज्यू छलफलमा हुनुहुन्छ, अहिलेसम्म केही निर्णय भइसकेको छैन,’ ढकालले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण