राइड सेयरिङ नियमावली प्रकरण
सङ्घ सरकारको पत्र गण्डकी पुग्यो, मुख्यमन्त्री पाण्डेले सुरु गरे छलफल
मङ्गलबार, २० जेठ २०८२, १८ : ४२

काठमाडौँ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली रोक्न भन्दै केन्द्र सरकारले पत्र पठाएकाे छ । केन्द्र सरकारकाे पत्रपछि गण्डकी प्रदेश सरकार आगामी कदमबारे छलफलमा जुटेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छलफल थालेका हुन् ।
अहिले मुख्यमन्त्री तथा सम्बन्धित मन्त्री र सचिवहरू पत्रको बारेमा छलफल गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले जानकारी दिए ।
‘पत्र प्राप्त भएको छ, अहिले यसबारे के गर्ने भन्नेमा मुख्यमन्त्रीज्यू छलफलमा हुनुहुन्छ, अहिलेसम्म केही निर्णय भइसकेको छैन,’ ढकालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपाल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादी पार्टीले भन्यो - कानुनी लडाईं लड्छाैँ
-
राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल
-
गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी
-
प्रहरी प्रशासनको दाबी : ‘आरसीबीले हाम्रो सुझाव नमान्दा दुःखद घटना भयो’
-
‘अभिमन्यु’ भदौ २७ मा रिलिज हुने
-
माधव नेपालकाे बयान : सरोकारवाला मन्त्री र मुख्यसचिवले कानुनी बाटो देखाएपछि निर्णय भएको हुनुपर्छ