अख्तियारले छानबिन थालेको थाहा पाएर एयरपोर्टबाट भट्टराईलाई हटाएको होइन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई जेठ ६ मा जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए ।
उक्त निर्णयको भोलिपल्टै अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएर उनका दुई वटा मोबाइल र ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । भट्टराईले विमानस्थलमा सेटिङ चलाएर भिजिट भिषामा विदेश जानेहरूसँग लाखौं असुल्ने गरेको आरोप छ ।
उनले त्यहाँ ‘शंकास्पद काम’ गरेको थाहा पाएर नै जिम्मेवारीमुक्त गरिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । मंगलबार रातोपाटीसँग कुरा गर्दै लेखकले भने, ‘गडबड छ भन्ने भएपछि उहाँलाई जिम्मेवारीबाट हटाइएको हो ।’
तर, त्यसवेलासम्म अख्तियारले अनुसन्धान थालेकोबारे मन्त्रालयलाई थाहा नभएको लेखकले जिकिर गरेका छन् ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू मन्त्री भएर आएपछि मात्रै भिजिट भिसाको ‘सेटिङ’ चलाएको जसरी प्रचार भएको उल्लेख गर्दै लेखकले भने, ‘नखाएको विष लाग्दैन, मैले विष खाएका छैन ।’
अख्तियारले सहसचिव भट्टराई, बिचौलिया खगेन्द्र सुवेदी र द होलिडे ट्राभलका सञ्चालक बालकृष्ण पौडेल सहित ४ जनामाथि अनुसन्धान केन्द्रित गरेको छ । गृहले विमानस्थल अध्यागमन कार्यालयमा सहसचिव विष्णु कोइरालालाई पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित
-
सुन जस्तो देखिने धातुसहित जना पक्राउ
-
प्रतिनिधिसभा बैठकमा विपक्षीहरूको उठेर विरोध
-
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलको विरोध
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त हुनु विश्वविद्यालयको भविष्य निर्माणको जग हो : त्रिवि
-
न्यूजिल्यान्डमा तीन माओरी सांसद निलम्बित