दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्ने बताएका छन् ।
राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो ।
उक्त अन्तरसंवादको समापन समारोहमा बोल्दै महामन्त्री थापाले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताए । उनले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गरे ।
“अबको १० वर्षसम्मको अभियान के हुनसक्छ भनेर योजनाबद्ध रूपमा लाग्नुपर्छ, आजको छलफल विचार उत्तेजक र ज्ञानवर्धक पनि भएको छ,” महामन्त्री थापाले भने, “स्वर्गीय प्रदीप गिरीले भन्नुभएअनुसार राजनीतिज्ञहरू बौद्धिक रूपमा ठिक ठाउँमा हुँदाहुँदै कतिपय अवस्थामा भावनात्मक रूपमा ठिक ठाउँमा नहुन पनि सक्छन्, यसमा हामीले ध्यान दिनुपर्नेछ ।”
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताए । बहसमा मात्रै केन्द्रित नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उनको भनाइ छ ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेदविरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताए ।“नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन” उनले भने ।
नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण