आँधीका कारण जर्मनीमा रायन एयरको विमान आपतकालीन अवतरण, ९ यात्रु घाइते
बर्लिन । जर्मनीमा आएको भीषण आँधीका कारण बुधबार राय एयरको विमान आपतकालीन अवतरण गर्नुपरेको छ । जर्मन प्रहरीले बिहीबार बताएअनुसार शक्तिशाली आँधीका कारण विमानमा सवार ९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विमान बर्लिनबाट मिलान जाँदै थियो । विमानमा १७९ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । राति करिब ८ः ३० बजे आँधीका कारण विमानमा शक्तिशाली झट्का महसुस भयो, जसका कारण पाइलटले पूर्व सूचना बिना नै बाभेरियाको मेमिङजेन विमानस्थलमा विमान अवतरण गर्नुपर्यो ।
यस झट्काका कारण विमानमा सवार आठ यात्रु र चालक दलका एक जना सदस्य घाइते भए । प्रहरी अधिकारीहरूका अनुसार घाइते तीन जनालाई उपचारका लागि मेमिङजेनको अस्पतालमा भर्ना गरिएको छ । सामान्य चोटपटक लागेका अन्यलाई उपचारपछि डिस्चार्ज गरिएको छ । सावधानीका रूपमा आपत्कालीन सेवाहरूले सबै यात्रुको चेकजाँच गरेका थिए ।
अधिकारीहरूले विमानलाई फेरि उडान गर्न अनुमति नदिएपछि एयरलाइन्सले यात्रुका लागि बस यातायातको व्यवस्था गर्नुपरेको यात्रुहरूलाई बसद्वारा उनीहरूको गन्तव्यमा पठाइएको बताइएको छ । मिलान मेमिंगेनबाट लगभग ३८० किलोमिटर दक्षिणमा छ ।
जर्मन समाचार एजेन्सी डीपीएका अनुसार, आँधी बेहरीले देशका अन्य क्षेत्रहरूमा पनि क्षति पुर्याएको थियो । उल्म र बाडेन–वुर्टेमबर्गमा धेरै घरहरूको छाना उडाएको खबर आएको छ । शक्तिशाली आँधीका कारण डोनास्टेटेन जिल्लामा केही घरहरूको छाना उडेको बताइएको छ । यी घटनामा अरू केही घाइते भएको खबरचाहिँ आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण