मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
शुक्रबार, २३ जेठ २०८२, ०७ : २१
जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए ।
नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण