संसद् बैठक
प्रतिनिधिसभा बैठक आइतबारका लागि सर्यो
शुक्रबार, २३ जेठ २०८२, १५ : १०
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि सरेको छ ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
-
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ
-
किसानले मल र बीउ पाएनन्, सरकारले गम्भीरता देखाओस् : प्रचण्ड
-
कोशी र बागमतीका मुख्य राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था कस्तो?
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण