आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

आइतबार, २५ जेठ २०८२, ०७ : २१
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर टिप्परको ठक्करबाट नाम नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिप्पर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

 चालकलाई मण्डनदेउपुरबाट आइतबार बिहान  नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको एसपी बोहराले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप