काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । काठमाडौँ महानगरपालिका पूर्व इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सोमबार ४ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा कोइरीविरुद्ध अभियोगपत्र दायर गरेको हो । २०४६ वैशाख १९ देखि २०७८ फागु ३० गतेसम्म पदमा रहँदा कोइरीले तीन करोड ३७ लाख रुपैयाँ आर्जन गरेको देखिएकोमा कोइरीको कुल खर्च तथा लगानी ७ करोड ९६ लाख रुपैयाँ देखिएको हो ।
कोइरीको आम्दानी र खर्च समष्टिगत रूपमा विश्लेषण गरी हेर्दा आयको तुलनामा व्यय अमिल्दो देखिएको हो । मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएकाले कोइरीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना मागदाबी गरी मुद्दा दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण