नेपाल–भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाइने

समाचार सारांश
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठक सर्लाहीमा सम्पन्न भयो, जसमा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने सहमति भयो।
- बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागुऔषध, अवैध हातहतियार, र मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्ने सहमति भयो।
- बैठकमा बाढीको समयमा रौतहटको गौरलाई डुबानबाट जोगाउन भारतले नदीको साईफन खोल्ने सहमति जनायो।
रौतहट । नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा सम्पन्न भएको छ। दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने सहमति भएको हो।
सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो । दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागुऔषध, अवैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्ने सहमति भएको बैठकमा सहभागी रौतहटका सिडियो विनोद कुमार खडकाले जानकारी दिए। एक देशमा अपराध गरी अर्को तर्फ लुकेर बसेका अपराधीलाई पक्राउ गर्न सूचनाको आदानप्रदान संगै प्रत्यक्ष सहयोग गर्ने सहमति पनि भएको छ ।
त्यसैगरी विदेशी घुसपैठमाथि पूर्ण निगरानी, दशगजादेखि सीमा क्षेत्रको सुरक्षामाथि बैठकले विशेष जोड दिइएको छ।
वर्षायाममा रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि गौर लाई डुबान बाट जोगाउन भारत बैरगनिया स्थित नदीको साईफन (ढोका) खोल्ने सहमति भएको सिडियो खड्काले जानकारी दिए। दुईपक्षीय बैठकमा सर्लाही, महोत्तरी , रौतहट तथा भारत (विहार)को सितामढी जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते