बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
मङ्गलबार, ०३ असार २०८२, १० : ४९

समाचार सारांश
- सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगर्न आग्रह गरिन्।
- उनले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन्, जसले संशोधनकर्ता सदस्यहरूलाई छलफल गर्न समय दिँदैन।
- कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् विधेयकबारे छलफल भएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छिन् ।
मंगलवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन् ।
समितिमा आज नेपाल कानुन व्यवसायी परिषद्(दोस्रो संशोधन) विधेयक, २०८१ को सन्बद्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल थियो । संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन् । यसले संशोधनकर्ता सदस्यहरूले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने बताइन् ।
समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ