बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
मङ्गलबार, ०३ असार २०८२, १० : ४९
सारांश
- सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगर्न आग्रह गरिन्।
- उनले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन्, जसले संशोधनकर्ता सदस्यहरूलाई छलफल गर्न समय दिँदैन।
- कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् विधेयकबारे छलफल भएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छिन् ।
मंगलवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन् ।
समितिमा आज नेपाल कानुन व्यवसायी परिषद्(दोस्रो संशोधन) विधेयक, २०८१ को सन्बद्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल थियो । संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन् । यसले संशोधनकर्ता सदस्यहरूले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने बताइन् ।
समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण