खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
सारांश
- धरानका मेयर हर्क साम्पाङले कोशीको पानी ल्याउन गरेको माग खानेपानी मन्त्रालयको बजेटमा समेटिएको छ, जसका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
- काठमाडौँका लागि सबैभन्दा बढी बजेट र रसुवाका लागि सबैभन्दा कम बजेट विनियोजन गरिएको छ, भने मन्त्रीको गृह जिल्लामा कम बजेट परेको छ।
- खानेपानी मन्त्रालयले आगामी वर्ष १० अर्ब ६६ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गर्ने भएको छ, जसमा ५०० भन्दा बढी आयोजनाहरू समावेश छन्।
काठमाडौँ । खानेपानी मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकामा कोशी नदीको पानी लैजाने योजना परेको हो ।
यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए ।
त्यतिबेला उनले सिंहदरबारमा गएर सम्बन्धित मन्त्री र अधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराएका थिए । त्यतिबेला दिइएको आश्वासनअनुसार मन्त्रालयमार्फत बजेट विनियोजन गरिएको हो ।
मन्त्रालय अन्तर्गत आगामी वर्ष कुल १० अर्ब ६६ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने भएको छ । संघीय कार्यक्रम अन्तर्गत सञ्चालन हुने साढे ५ सयभन्दा बढी आयोजना लागि सो बराबरको रकम विनियोजन गरिएको हो । त्यसमध्ये एउटा जिल्लाका लागि १ अर्ब ४१ करोड देखि १ करोड ९५ लाख रुपैयाँसम्म विनियोजन भएका छन् ।
मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार सूचीअनुसार, अधिकांश बजेट सुगम र केही ठूला जिल्लाहरूमा केन्द्रित भएको देखिन्छ । विकट तथा कर्णाली प्रदेशका केही जिल्लाले भने न्यून रकम पाएका छन्।
काठमाडौँ जिल्लाका लागि सर्वाधिक ५९ वटा आयोजनाका लागि १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन भएको छ । त्यस्तै, झापामा एकल जिल्लातर्फ हेर्दा, झापाले सबैभन्दा बढी बजेट पाएको छ । उक्त जिल्लाले ११ वटा आयोजनामा ५५ करोड १४ लाख रुपैयाँ पाएको छ। त्यसपछि चितवनले ४६ आयोजनाका लागि ४६ लाख रुपैयाँ पाएको छ । रुपन्देहीले ६ आयोजनाका लागि ३७ करोड २३ लाख रुपैयाँ पाएको छ । मोरङले १० आयोजनाका लागि ३५ करोड ७३ लाख पाएको देखिन्छ ।
उता रसुवाले संघीय रूपमा कार्यान्वयन हुनेगरी सबैभन्दा कम अर्थात् जम्मा १ करोड ९५ लाख रुपैयाँ मात्रै बजेट पाएको छ । मुस्ताङ, मनाङ, रुकुम (पश्चिम), कालीकोट सल्यान र दार्चुलाले ३ करोड हाराहारीमा बजेट पाएका छन् । सरकारका मन्त्रीहरूले योजनालाई आफ्नै क्षेत्रमा केन्द्रित गर्ने प्रवृत्तिबिच खानेपानी मन्त्रालयमा यस्तो देखिएको छैन । वार्षिक कार्यक्रम अनुसार संघीय निकायबाट कार्यान्वयन हुनेगरी खानेपानीमन्त्री प्रदीप यादवको गृह जिल्ला पर्सामा ११ करोड ५४ लाखको ५ वटा आयोजना प्रस्तावित गरिएका छन् । यो धेरै बजेट विनियोजन भएका जिल्लामध्ये ४२ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण