ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
काठमाडौँ । ललितपुरको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई ठक्कर दिएको छ । निर्माणाधीन ओभरपाससँगै बा.४ ख ११९ नम्बरको बसले बा.१ ह ३९१८ नम्बरको टेम्पो र बिएई ११९७ नम्बरको कारलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
टेम्पुमा सवार ६ जना घाइते भएका छन् । उनीहरूको बी एण्ड बी अस्पतालमा उपचार हुँदै छ । दुर्घटनामा परेर टेम्पो चालक ओखलढुङ्गा घर भएका ४२ वर्षीय जित बहादुर मगर, टेम्पोमा सवार कैलाली घर भएर इमाडोल बस्ने २८ वर्षीया रश्मी धमला, रामेछाप घर भएका ३२ वर्षीय सन्तोष सुनुवार, कैलाली घर भएकी हेमन्ती विष्ट र टेम्पो चालककी पत्नी ४२ वर्षीय सिता मगर घाइते भएका छन् ।
कारमा सवार कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घरकी ५३ वर्षीया चरिमाया तामाङ पनि घाइते भएकी छन् । त्यस्तै टेम्पोमा सवार रामेछाप घर भएकी २८ वर्षीया समरिया सुनवार र मकवानपुर घर भएका ४५ वर्षीय विजय लामा घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिको आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण