मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले मुलुक सङ्घीय संरचनामा गएपनि प्रदेश र स्थानीय तहका सरकारलाई केन्द्र सरकारले उनीहरूको अधिकार दिन नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले जबसम्म केन्द्रमा रहेका अधिकार स्थानीय तहमा हस्तान्तरण हुदैनन तबसम्म देशका यावत समस्या भोगिरहनुपर्ने बताए ।
‘यो गर्न सकेनौ भने तीन वर्ष अघि जे कुरा उठाइरहेका छाैँ, आज पनि त्यही कुरा र आगामी तीन वर्षपछि पनि यही कुरा उठाउनुपर्ने हुन्छ’, ढकालको भनाइ छ । उनले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गरेर समाजलाई उत्तेजित पार्ने प्रवृत्ति र गलत राजनीतिक संस्कार सच्चाउन जरुरी रहेको बताए ।
उनले देशमा रहेका समस्या समाधान गर्न जनताले छानेर आफूहरूलाई पठाएको भन्दै कृषि, पूर्वाधारलगायतमा समस्या समाधान गर्न सक्नुपर्ने बताए । ‘हरेक आर्थिक वर्षमा आयव्ययमा छलफल गर्दा बजेटका पुस्तक च्यात्ने गर्छौ’, उनले भने, ‘पोहोर परार र अहिले च्यातिरहेका छौ आगामी वर्ष च्यात्ने छौ कि छैनौ ?’ निर्वाचनका बेला सबै कामको जिम्मा लिएर आउने तर बजेट निर्माणमा जनप्रतिनिधिको सहभागिताका बारेमा पनि छलफल गर्नुपर्ने तथा निर्वाचन प्रणालीका कारण मन्त्री भइसकेपछि आफ्नो वडा र टोलमा बजेट नहाले जनताले प्रश्न गर्ने भन्दै त्यो स्वाभाविक भएको बताए ।
‘यदि मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट हाल्ने प्रवृत्ति रोक्ने हो भने हाम्रा यी संरचना र सिस्टमहरू परिवर्तन गर्न सक्नुपर्छ’, ढकालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण