श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञा रिट बिहीबार खारेज गरेको छ । काठमाडौँका न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले श्रेष्ठको निषेधाज्ञा रिट खारेज गरेसँगै दुई अनलाइन (नेपालखबर र बिजमाण्डु) ले समाचार हटाउन नपर्ने भएको छ ।
अनलाइनमा जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारविरुद्ध श्रेष्ठले निषेधाज्ञा निवेदन दिएका थिए ।
उक्त निवेदनमा गत जेठ २७ गते जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार मेट्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।
असार ४ गते दुवै पक्षलाई अन्तरिम आदेशका लागि बोलाइएकोमा बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएपछि इजलासले रिट खारेजको आदेश गरेको हो ।
यता श्रेष्ठले अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार समाचार नमेटेको भन्दै नेपालखबरलाई विपक्षी बनाउँदै बुधबार दायर गरेको अदालतको अवहेलना मुद्दामा भने कारण देखाऊ आदेश जारी भएको छ ।
न्यायाधीश रामचन्द्र खड्काको इजलासले समाचार नमेट्नुको कारण देखाउन आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी