शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने

शुक्रबार, ०६ असार २०८२, १५ : ५५
शुक्रबार, ०६ असार २०८२

ललितपुर । ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएकाे छ । शुक्रबार सातौँ नगरसभामा आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेस गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र संवर्द्धनका लागि कलेज स्थापना गर्ने बताएका हन् । 

उनले भने, ’सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौँ ।’ 

लोप हुन लागेका सीप र कला संरक्षण संवर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप