शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित

शुक्रबार, ०६ असार २०८२, १९ : १७
शुक्रबार, ०६ असार २०८२

कैलाली । अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट प्रतिनिधित्व गरेका सुदूरपश्चिमका तीन जना क्रिकेट खेलाडीलाई कैलाली जिल्ला खेलकुद समितिले एक विशेष कार्यक्रममा सम्मान गरेको छ। 

शुक्रबार आयोजित कार्यक्रममा कविता कुँवर, रुबी पोदार र इश्वरी बिष्टलाई नगदसहित सम्मान प्रदान गरिएको हो।

उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भई सिङ्गो सुदूरपश्चिमको नाम उजागर गरेको भन्दै योगदानको कदर गर्दै खेलकुद समितिले प्रत्येक खेलाडीलाई तीन हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप