सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

११ महिनामा ७१ करोडको कोदो आयात

शनिबार, ०७ असार २०८२, १७ : ०५
शनिबार, ०७ असार २०८२

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि ०८२ जेठ मसान्तसम्म ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १ करोड ४३ लाख ५५ हजार १ सय ३६ किलो कोदो आयात भएको छ । 

यसबाट ५  करोड ४० लाख ४ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको विभागको भनाइ छ ।

कुल कोदो आयातमध्ये ४ लाख ८५ हजार रुपैयाँको ८ हजार ६ सय ९५ किलो बीउको रूपमा भएको पन विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप