छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
शनिबार, ०७ असार २०८२, १७ : ३१
काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- डोटी, आदर्श गाउँपालिका-१ खिराधार धौलामाटीस्थित सडकमा आदर्शबाट मेल्लेखतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३९५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल भिरमा खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक आदर्श गाउँपालिका-७ दडिमाना बस्ने २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका-४ सुण्ड बस्ने ४१ वर्षीया हरू देवी विकको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीर घाइते भएकी सायल गाउँपालिका-६ कटुवाल गाउँ बस्ने ३५ वर्षीया काली कटुवालको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल रिफर गरिएको छ ।
- सिराहा, सिरहा नगरपालिका-१८ स्थित सडकमा सन्हैठाबाट सिराहातर्फ आउँदै गरेको प्र.२-०१-००३ प ३२२० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना र साइकलयात्री १ जना गरी ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-१२ बस्ने २९ वर्षीय नरेश कुमार मुखिया, मोटरसाइकलमा सवार सुखीपुर नगरपालिका-८ घर भई कल्याणपुर नगरपालिका-२ चतरी बस्ने २८ वर्षीय प्रदिप मुखिया र साइकलयात्री सिरहा नगरपालिका-२ बस्ने ६५ वर्षीय कुशे भन्ने कुशेश्वर रायको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।
- झापा, कमल गाउँपालिका-५ स्थित रतुवा पुलमा बिग्रिएर रोकी राखेको मे.१ ख ३३१८ नम्बरको ट्रकमा मे.९ प ८९०४ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सप्तरी, शम्भुनाथ नगरपालिका-३ कचनदाहास्थित सडकमा कठौनाबाट कचनदाहातर्फ जाँदै गरेको प्र.२-०१-००१ त ०९०९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय मागैनय खंग खत्वेको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- धनुषा, मिथला नगरपालिका-६ स्थित सडकमा ढल्केवरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिराहा धनगढीमाई नगरपालिका-६ बसनपुर बस्ने ५५ वर्षीय बिन्देश्वर महराको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढ धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-७ गोदामचोक नजिक सडकमा ना.४ च ५९४५ नम्बरको गाडीले बा.प्र.०२-०२३ प ६०२३ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तेमाल गाउँपालिका-१ घर भई बनेपा नगरपालिका-७ बसपार्क डेरा गरी बस्ने ४५ वर्षीय ज्ञान ध्वज तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शीर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिको आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण