खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा
सारांश
- हुम्लाको खार्पुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
- गाउँपालिकाले १८ वर्ष नपुगेका बालबालिकालाई श्रममा र २० वर्ष नपुगेकालाई विवाह गर्न नदिने प्रतिबद्धता जनाएको छ।
- खार्पुनाथ-२ मा भएको बालविवाह बदर गरियो, र यस अभियानमा स्थानीय सरकार, सरोकारवाला र बासिन्दाको सामूहिक प्रतिबद्धता रहेको छ।
हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् ।
पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका घोषणा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।
पालिका क्षेत्रभित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने सामूहिक प्रतिबद्धता भएसँगै पालिकालाई बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिएको उनले उल्लेख गरे ।
बालश्रम तथा बालविवाहमुक्त घोषणा गर्ने अभियानअन्तर्गत खार्पुनाथ–१ मा गत जेठ १६ गते, वडा नं २ मा २२ गते, वडा नं ३ मा २३ गते, ४ मा १४ गते र वडा नं ५ मा २० गते घोषणा गरिएको गाउँपालिकाका अधिकृत दिपक शाहीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार केही दिनअघि जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षीया बालिकाबीच भएको विवाह पनि बदर गरिएको छ । जिल्लामा पहिलो पटक उमेर नपुगी गरिएको बालविवाह बदर भएको उनले जानकारी दिए ।
स्थानीय सरकार, सरोकार भएका निकाृ, स्थानीय बासिन्दालगायतको सामूहिक प्रतिबद्धता अनुसार कोहीकसैले बालविवाह गर्न र गराउन नपाउने, १८ वर्ष नपुगी कुनै पनि विकास आयोजनाका काम गर्नरगराउन नपाउने गरी पहिलो गाउँपालिकाका रूपमा खार्पुनाथलाई घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिभराज शर्मा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शङ्कर पोखरेल, स्थानीय जनप्रतिनिधिलगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
गाउँपालिकास्थित सीता माध्यामिक विद्यालय, मान्धारा माध्यामिक विद्यालयलगायत अन्य विद्यालयका छात्रछात्राद्वारा बालश्रम र बालविवाहसम्बन्धी जनचेतनामूलक देउडा गीत, नृत्यसँगै विभिन्न किसिमका झाँक्री प्रदर्शन गरिएको अध्यक्ष रावलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण