इरान हमलापछि अमेरिकाका ठुला सहर हाई अलर्टमा
आइतबार, ०८ असार २०८२, १३ : ०६
सारांश
- इरानको परमाणु स्थलमा हवाई आक्रमणपछि अमेरिकाले उच्च सतर्कता अपनाएको छ।
- इरानले बदला लिने चेतावनी दिएपछि अमेरिकी गुप्तचर एजेन्सीहरूले होर्मुजको जलडमरूम बन्द गर्ने सम्भावना औंल्याएका छन्।
- न्यूयोर्क लगायतका शहरहरूमा धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा सुरक्षा बढाइएको छ।
वासिङ्टन डीसी । इरानका परमाणु स्थलमा हवाई आक्रमणपछि अमेरिकाले उच्च सतर्कता अपनाएको छ । शनिबार राति भएको हमलाको जवाफमा इरानले अमेरिकामाथि गर्ने आक्रमणको डर अमेरिकीहरूसम्म पुगेको छ ।
फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत स्थानीय पत्रिकाहरूमा छापिएका खबरका अनुसार इरानले आफ्नो नौसेना शक्तिले होर्मुजको जलडमरूम बन्द गर्ने लगायत धेरै तरिकाले बदला लिन सक्छ भन्ने अमेरिकी गुप्तचर एजेन्सीहरूले चेतावनी दिएका छन् ।
यो चेतावनीपछि न्यूयोर्कको प्रहरी विभागले एक्समा एउटा पोस्टमा सतर्कता अपनाउँदै न्यूयोर्कका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा अतिरिक्त सुरक्षा बढाइएको बताएको छ ।
वासिङ्टन डीसी, लस एन्जलस र सान फ्रान्सिस्को जस्ता प्रमुख अमेरिकी सहरहरूमा हाई अलर्ट घोषणा गरिएको छ । विमानस्थल, सैन्य अड्डा र सार्वजनिक स्थानहरूमा सुरक्षा बढाइएको पनि खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण