इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
आइतबार, ०८ असार २०८२, २२ : ०८
सारांश
- इलामको रोङ गाउँपालिका-३ पाथलेडाँडामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- झापाबाट इलाम जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएका बझाङ र जाजरकोटका युवक युवतीको उपचारका क्रममा झापास्थित अस्पतालमा मृत्यु भयो।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
-
युरोपमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी
-
टेलिफिल्मकी समिया अब फिल्ममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण