आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सिरियाको चर्चमा आत्मघाती आक्रमण, कम्तीमा २२ जनाको मृत्यु, ६३ घाइते

सोमबार, ०९ असार २०८२, ०६ : २०
सोमबार, ०९ असार २०८२

सारांश

  • दमास्कसको चर्चमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु र ६३ जना घाइते।
  • आइतबार साँझ प्रार्थनाको समयमा एक व्यक्तिले चर्चमा प्रवेश गरी गोली चलाएपछि विस्फोट गराए।
  • आक्रमणकारी इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध रहेको बताइएको छ, तर हालसम्म जिम्मा लिएको छैन।

दमास्कस । सिरियाको राजधानी दमास्कसमा अवस्थित एक चर्चमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको र अन्य ६३ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार साँझको प्रार्थनाको क्रममा ड्वेइला क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्च अफ द प्रोफेट एलियासमा एक व्यक्ति बन्दुकसहित प्रवेश गरी गोलाबारी गर्दै आफूले लगाएको विस्फोटक ज्याकेट विस्फोट गराएको गृह मन्त्रालयले जानकारी दिएको हो।

गृह मन्त्रालयका अनुसार उक्त आक्रमणकारी इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध रहेको बताइएको छ। यद्यपि हालसम्म आईएसले यस आक्रमणको जिम्मा भने लिएको छैन। चर्चभित्रबाट लिइएका तस्बिर र भिडियोमा अल्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको, सिसाका टुक्रा चारैतिर फैलिएको र भित्तामा रगतका छिटाहरू देखिएका छन्।

प्रत्यक्षदर्शी लरेन्स माआमारीले एपीएफ समाचार संस्थासँग भने, ‘बाहिरबाट कुनै व्यक्ति हतियारसहित चर्चमा छिरेर गोली चलाउन थाल्यो।’ उनका अनुसार, मानिसहरूले उसलाई रोक्ने प्रयास गरेपछि उसले आत्मघाती विस्फोट गरायो।

बशर अल–असदको सरकार इस्लामवादी विद्रोहीहरूले डिसेम्बरमा सत्ताच्युत गरेपछि १३ वर्ष लामो गृहयुद्धको अन्त्य भएको थियो। त्यसयता दमास्कसमा भएको यो पहिलो आत्मघाती आक्रमण हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप