सडक किनारका बत्तीमुनि बसेर गृहकार्य गर्दै बालबालिका
सारांश
- अछामको बान्नीगढी जयगढ गाउँपालिकाको दर्ना गाउँमा नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकमका कारण विद्युत लाइन काटेको छ।
- स्थानीय बासिन्दा र प्राधिकरणबीच भएको तीन महिने करार सम्झौता अनुसार, विद्युत् उपभोग गरेबापत शुल्क तिर्नुपर्ने थियो, तर बक्यौता बढ्दै गएपछि प्राधिकरणले लाइन काटेको हो।
- गाउँमा करिब ९६० घरधुरीमध्ये ६६५ घरधुरीले विद्युत जडान गरेका थिए, तर मिटर नराखी सेवा लिनेको संख्या बढेपछि प्राधिकरणलाई घाटा भएको थियो।
धनगढी । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकास्थित दर्ना गाउँमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि स्थानीय बासिन्दा विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।
स्थानीय समितिसँग सम्झौता गरेर विद्युतीकरण गरेको प्राधिकरणले बक्यौता उठ्न नसकेको भन्दै विद्युत् सेवा काटेको हो । दर्ना निवासी गोकुल ठकुल्लाका अनुसार बाढीले स्थानीय जलविद्युत् बगाएपछि गाउँमा आमभेला राखेर प्राधिकरणसँग तीन महिने करार सम्झौता गरिएको थियो ।
‘करार सम्झौतामा विद्युत् ल्याएपछि १२ रुपैयाँ युनिटका दरले विद्युत् प्राधिकरणलाई शुल्क दिने र प्रतियुनिट तीन रुपैयाँका दरले समितिका कर्मचारीको खर्च बेहोर्ने गरी समुदायबाट १५ रुपैयाँ प्रतियुनिट शुल्क लिइएको थियो । सेवा शुल्कबापत थप एक सय रुपैयाँ उठाउने कुरा भयो,’ उनले भने, ‘यसमा सहमति जुटेपछि प्राधिकरणसँग तीन महिने सम्झौता भयो ।’
उनका अनुसार बत्तीमात्र बाल्ने ग्राहकको हकमा प्रतिमहिना दुई सय ५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।
विद्युत् बक्यौता र ब्याज गरेर ४२ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्नुपर्ने भएपछि प्राधिकरणले केही दिन यता लाइन काटिदिएको छ ।
मिटर जोड्नेले प्रतियुनिट १५ रुपैयाँका अतिरिक्त १०० रुपैयाँ सेवा शुल्क लिने गरिएको र बत्तीमात्र बाल्ने ग्राहकको हकमा दुई सय ५० रुपैयाँ प्रतिमहिना शुल्कको व्यवस्था गर्दा मिटर नराख्ने कतिपय ग्राहकले घरमा फ्रिज, पंखा, पानी तताउने, आइरन गर्ने लगायतका अन्य कामसमेत गर्दा ‘टीओडी’ मिटरमा देखिएको तुलनामा कम रकम सङ्कलन भयो । जसले गर्दा टीओडी मिटरमा एक लाख ८०/९० हजारको बिल देखिने तर ग्राहकबाट ७०/८० हजार रुपैयाँ मात्र रकम उठ्ने भएपछि समिति घाटामा गयो ।
विद्युत् बक्यौता र ब्याज गरेर ४२ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्नुपर्ने भएपछि प्राधिकरणले केही दिन यता लाइन काटिदिएको छ ।
‘अहिले केटाकेटीहरू सडक किनारमा जोडिएका सोलार बत्तीमुनि साँझ जम्मा भएर पढ्छन्,’ स्थानीय गणेश साउँदले भने । असारमा दिनभर काम गर्ने किसानहरू थकित शरीर लिएर घर फर्किंदा बेलुका अँध्यारोमा बस्न बाध्य रहेको उनको भनाइ छ ।
ठकुल्लाका अनुसार प्राधिकरणले कुनै पनि ग्राहकलाई आफूले करार सम्झौता गरेर विद्युत् दिएमा तीन महिनाभित्र सम्बन्धित ग्राहकलाई हस्तान्तरण गर्नुपर्ने वा सम्झौता भङ्ग गर्नुबाहेक अर्को विकल्प रहँदैन ।
दर्नाको हकमा प्राधिकरणले तीन महिना परीक्षणकालका रूपमा लिएकाले केही महिना लम्बियो । यसले गर्दा बक्यौता निरन्तर बढ्यो ।
बिचबिचमा प्राधिकरणले बक्यौता असुल्न दबाब दिँदै बत्ती काटे पनि केही रकम बुझाएर जोड्ने गरिएको थियो । ४२ लाख रुपैयाँ बाँकी रहेकाले तिर्न सक्ने अवस्था नरहेको ठकुल्ला बताउँछन् ।
‘पहिलाको सम्झौतालाई भङ्ग गरेर प्राधिकरणले आफ्नो मातहतमा जनतालाई ग्राहक बनाएर विद्युत् विस्तार गरिदिएको भए हुन्थ्यो,’ उनले भने ।
दर्नामा ९६० जति घरधुरी छन् । तीमध्ये ६६५ घरधुरीले विद्युत् जोडेका थिए । त्यसमा अहिले बसाइ सराइ गरेर अन्त जानेहरू पनि धेरै छन् । मिटर जोडेर महसुल तिर्नेको तुलनामा मिटर नै नराखी दुई सय ५० रुपैयाँ मासिक तिरेर सेवा लिने धेरै भएपछि टीओडी मिटरको तुलनामा ग्राहकबाट असुल गरिएको रकम थोर भएको ठकुल्लाको भनाइ छ ।
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले बत्तीको लाइन काटेकोबारे आफूकहाँ जानकारी आएको जिकिर गर्दै यसमा के गर्न सकिन्छ भन्ने विषयमा पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण