आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चन्द्रपुरमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते

सोमबार, ०९ असार २०८२, १० : १९
सोमबार, ०९ असार २०८२

रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान यात्रुवाहक बस पल्टिँदा १० जना घाइते भएका छन्। 

काठमाडौँबाट भिठ्ठामोड (महोत्तरी) तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख.५२१६ नम्बरको बस बिहान करिब ४ः३० बजे अनियन्त्रित भई राजमार्गको दक्षिण किनारमा ७ फिट तल पल्टिएको थियो।

घटनास्थलमा बस पल्टिएको अवस्थामा भेटिएको र चालक फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए । 

बसमा २५ जना यात्रु सवार थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप