आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, ९ जनाको मृत्यु

सोमबार, ०९ असार २०८२, १३ : ०८
सोमबार, ०९ असार २०८२

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

  • काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१५ ढुङगेअड्डास्थित सडकमा बा.प्र.०२-०४९ प ४९५७ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक हुम्ला घर भएका २२ वर्षीय धिरेन्द्र भियालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.६ ख ८६७४ नम्बरको ट्रक र बा.६३ प २०७७ नम्बरको मोटरसाइकलसँग एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका बा.६३ प २०७७ नम्बरको मोटरसाइकल चालकको सहिद मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।
  •   इलाम, रोङ गाउँपालिका-३ पाथले डाँडास्थित सडकमा प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले बा.८९ प २२६६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ वित्थडचिर गाउँपालिका बस्ने २६ वर्षीय मदन बहादुर बोहरा र मोटरसाइकलमा सवार जाजरकोट छेडागाडा नगरपालिका-८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डस अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • धादिङ, गजुरी गाउँपालिका-६ स्थित सडकमा बा.७० प ३२९७ नम्बरको मोटरसाइकल र बा.प्र ३-०२-३७ प ७६९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा बा.७० प ३२९७ नम्बरको मोटरसाइकल चालक तनहुँ घर भएका ५७ वर्षीय रामचन्द्र राना भाटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बा.प्र ३-०२-३७ प ७६९२ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
  • यसै गरी धादिङ, गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित सडकमा धादिङवेशीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.४ ख ७५१ नम्बरको बसको ठक्करबाट सोही बसका सहचालक धादिङ नीलकण्ठ नगरपालिका-२ बस्ने १८ वर्षीय समर्पण रिजालको मृत्यु भएको छ । आइतबार साँझ बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • चितवन, राप्ती नगरपालिका-१ लोथरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री रामेछाप घर भएका ४० वर्षीय हरि बहादुर खड्काको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । 
  • मुगु, खत्याड गाउँपालिका-४ स्थित सडकमा माँझचौरदेखि जिउँगातर्फ जाँदै गरेको ज.१ त ५११२ नम्बरको ट्याक्टर सडकबाट करिब ७ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत ७ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
  • धनुषा, विदेह नगरपालिका-५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार शहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने ३० वर्षीय अजय मण्डलको घटनास्थलमै र गम्भीर घाइते भएका मोटरसाइकलमा सवार शहिदनगर नगरपालिका-८ विषरभोरा बस्ने २० वर्षीय अमित कुमार यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप