भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिबारे रास्वपाले सदनमा धारणा राख्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित समितिका विषयमा संसदमा आफ्ना धारणा राख्ने भएको छ।
- पार्टी प्रवक्ताका अनुसार, छानबिन समिति गठनबारे पार्टीभित्र छलफल भइरहेको छ र सदनमा दलको धारणा प्रस्तुत गरिनेछ।
- रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ, जसमा उच्चस्तरीय छानबिन समिति गठनको माग छ।
काठमाडौँ । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले बनाएको समितिका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसद् बैठकमै सबै कुरा राख्ने भएको छ ।
प्रवक्ता मनिष झाले छानबिन समिति गठनबारे पार्टी आन्तरिक छलफलमै रहेको भन्दै यसबारे सबै विषय आजको संसदमै राखिने जानकारी दिए ।
‘भिजिट भिषामार्फत मानव तस्करी जस्तो संगठित अपराधबारे उठेको मुद्दासँग सम्बन्धित विषयमा सरकारले बनाएको समिति सम्बन्धी पार्टीको धारणा बनाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आन्तरिक छलफलमा छौँ। दलको तर्फबाट धारणा सदनको बैठकमै दिनेछौँ’, उनले भने ।
छानबिन समिति गठनबारे आधिकारिक धारणा बनाउन रास्वपाको संसदीय दलको बैठक अहिले बसिरहेको छ । सरकारले सोमबार पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद् अवरोध गरिराखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण