आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

इरानी आणविक कार्यक्रम नष्ट नभएको रिपोर्टमा यसो भन्छन् ट्रम्पका विशेष दूत

बुधबार, ११ असार २०८२, ११ : १६
बुधबार, ११ असार २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले इरानको आणविक आधारमा आक्रमणबारेको रिपोर्टलाई देशद्रोह भनेका छन्।
  • विटकफले फक्स न्युजलाई प्रतिक्रिया दिँदै यसको अनुसन्धान हुनुपर्ने र जिम्मेवार व्यक्ति जवाफदेही हुनुपर्ने बताए।
  • पेन्टागनको रिपोर्टअनुसार इरानको आणविक कार्यक्रममा आक्रमणले केही महिना ढिलाइ मात्र गरेको उल्लेख छ।

वासिङ्टन डीसी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्वका लागि विशेष दूत स्टिभ विटकफले इरानको आणविक आधारहरूमा अमेरिकी आक्रमणबारे चुहावट भएको रिपोर्टमा प्रतिक्रिया दिएका छन् । उनले चुहावट भएको गुप्तचर आकलनलाई देशद्रोह भनेका छन् । 

‘यो अपमानजनक छ, यो देशद्रोह हो र यसको अनुसन्धान गरिनुपर्छ । यसको लागि जिम्मेवार जो कोही पनि जवाफदेही हुनुपर्छ’ स्टिभ विटकफले फक्स न्युजलाई भने । पेन्टागनको प्रारम्भिक गुप्तचर आकलन रिपोर्टअनुसार इरानको आणविक कार्यक्रम आणविक गढहरू अमेरिकी आक्रमणबाट नष्ट भएको छैन, तर आक्रमणले यसलाई केही महिना मात्र ढिलाइ गरेको छ ।’  

‘स्टिभ विटकफ भन्छन् हामीले फोर्डाे बेसमा १२ वटा बङ्कर बस्टर बम खसाल्यौँ । यसमा कुनै शङ्का छैन कि बमहरू यसको सुरक्षा तहमा प्रवेश गरे र यसमा पनि कुनै शङ्का छैन कि बेस पूर्ण रूपमा ध्वस्त भयो । त्यसैले हामीले हाम्रो उद्देश्य पूरा गर्न सकेनौँ भन्ने रिपोर्टहरू पूर्णतया निराधार छन्’ फक्स न्युजसँग स्टिभ विटकफको कुराकानीको भिडियो सेयर गर्दै ट्रम्पले टुथ सोसलमा लेखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप