हानिया आमिरसँग स्क्रिन सेयरबारे दिलजित दोसाञ्झले तोडे मौनता
सारांश
- पञ्जाबी अभिनेता दिलजीत दोसांझको नयाँ फिल्म 'सरदारजी ३' मा पाकिस्तानी अभिनेत्री हानिया आमिर देखिएपछि विवाद उत्पन्न भएको छ।
- भारत र पाकिस्तानबीचको तनावका कारण, हानिया आमिरको फिल्ममा संलग्नता र भारतको आलोचनाले गर्दा फिल्म भारतमा रिलिज नहुने भएको छ।
- दिलजीत दोसांझले बीबीसी एसियन नेटवर्कसँगको कुराकानीमा फिल्म र हानिया आमिरसँगको कामबारे आफ्नो धारणा व्यक्त गरेका छन्।
नयाँ दिल्ली । पन्जाबी अभिनेता तथा गायक दिलजीत दोसाञ्झ लगातार विवादमा छन् । दिलजीतको नयाँ पन्जाबी फिल्म ‘सरदारजी ३’ चाँडै नै विदेशका सिनेमा घरहरूमा रिलिज हुँदैछ । यसको ट्रेलर हालै रिलिज भएको थियो ।
ट्रेलरमा पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई देखेपछि भारतमा हङ्गामा भइरहेको छ । दिलजीतको यस फिल्ममा हानिया मुख्य भूमिकामा छिन् । यो फिल्म भारतमा रिलिज हुनेछैन, विदेशमा मात्रै रिलिज हुनेछ । यस विवादमा अन्ततः अभिनेताले मुख खोलेका छन् ।
कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमला र भारतको प्रतिशोधात्मक अपरेशन सिन्दूरपछि पाकिस्तान र भारतबिच तनाव छ । हानिया आमिरले अपरेशन सिन्दूर र भारतबारे कयौँ पोस्ट शेयर गरेकी थिइन् । यी पोस्टमा उनले भारतको आलोचना गरेकी थिइन् । शत्रु देशकी अभिनेत्रीसँग काम गरेको र प्रचार गरेको देखेर भारतीय जनता र सिने सङ्घ दोसाञ्झसँग रुष्ट छन् । यसैबिच, दिलजीतले बीबीसी एसियन नेटवर्कसँगको कुराकानीमा यस मामिलामा आफ्नो मौनता तोडेका छन् ।
यस क्रममा अभिनेताले फिल्म भारतमा रिलिज नभई अन्तर्राष्ट्रिय रूपमा रिलिज भएको विषयमा पनि बोले । ‘जब यो फिल्म बनाइएको थियो, अवस्था ठिक थियो । हामीले फेब्रुअरीमा यसको छायाङ्कन गर्याैं र त्यतिबेला सबै ठिक थियो । त्यसपछि, धेरै ठुला कुराहरू हाम्रो हातमा थिएनन् । त्यसैले निर्माताहरूले निर्णय गरे कि फिल्म अब भारतमा रिलिज हुने छैन । त्यसैले हामी यसलाई विदेशमा रिलिज गर्नेछौँ’ उनले भने ।
‘फिल्ममा निर्माताहरूको धेरै पैसा फसेको छ । जतिबेला यो फिल्म बनिरहेको थियो, त्यतिबेला त्यस्तो केही थिएन । उनीहरूलाई थाहा छ कि उनीहरूले घाटा बेहोर्नेछन् किनकि तपाईं एउटा पूरै क्षेत्रलाई हटाउँदै हुनुहुन्छ । मैले फिल्म साइन गर्दा पनि सबै ठिक थियो । यदि निर्माताहरू यसलाई विदेशमा रिलिज गर्न चाहन्छन् भने म उनीहरूलाई समर्थन गर्छु’ अझ अगाडि दोसाञ्झले भने ।
‘निकै राम्रो थियो । उनी धेरै व्यावसायिक छिन् । म उनको काम र उनको गोपनीयताको सम्मान गर्छु । म आफैँ एक निजी व्यक्ति हुँ र म सबैलाई आफ्नो ठाउँ दिन्छु, विशेष गरी महिलाहरूलाई । यो सबै कामको बारे हो, अरू केही होइन ।’
हानियासँग काम गर्दाको अनुभव साट्दै दोसाञ्झले भने । सरदार जी ३ को ट्रेलर रिलिज भएदेखि नै सामाजिक सञ्जालमा हङ्गामा मच्चिएको छ । यस ट्रेलरमा हानिया आमिर दिलजीत दोसाञ्झ र नीरु बाजवासँगै देखिएकी थिइन् । त्यसबेलादेखि दिलजीतको फिल्ममाथि प्रतिबन्ध र बहिष्कारको माग भइरहेको छ । उनको भारतीय नागरिकता समेत रद्द गर्न माग पनि पछिल्लो समय उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण