आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दिल्लीको एक कारखानामा आगलागी, तीन जनाको मृत्यु

बुधबार, ११ असार २०८२, १७ : ३६
बुधबार, ११ असार २०८२

सारांश

  • उत्तर-पश्चिम दिल्लीको रिठालामा रहेको प्लास्टिक कारखानाभित्र आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ, र अन्य तीन जना घाइते भएका छन्।
  • घाइते कामदारहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा १६ वटा दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
  • आगलागीको कारण अझै अज्ञात छ, तर उद्धारकर्मीहरूले जलेका तीन शव फेला पारेका छन्। कारखाना प्लास्टिक र कपडा प्रिन्ट गर्ने ठाउँ थियो।

नयाँ दिल्ली । मङ्गलबार राति उत्तर–पश्चिम दिल्लीको रिठाला क्षेत्रमा प्लास्टिक  कारखानाभित्र ठूलो आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । 

दिल्ली अग्नि सेवाका वरिष्ठ अधिकारी एके जयसवालका अनुसार घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको बताउदै  सबै पीडितहरू सोही कारखानामा काम गर्ने कामदार हुन् । 

अहिले आगो नियन्त्रणमा आइसकेो छ । घटनास्थलमा पुगेका १६ दमकल, प्रहरी अग्नि नियन्त्रक र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको कारखानामा दुर्घटनाको समयमा प्लास्टिक र कपडामा लोगो तथा तस्वीरहरू प्रिन्ट गर्ने कामदार रहेका जयसवालले बताए । 

उनले भने- ‘उद्धारकर्मीले आगलागी पछिको खोजी अभियानका क्रममा घटनास्थलबाट तिनवटा जलेका शवहरू बरामद गरेको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप