असफल फिल्मबाट ६६ प्रतिशत पारिश्रमिक नलिने निर्मल शर्माको घोषणा
काठमाडौंँ । पछिल्लो समय कलाकारहरूले महँगो पारिश्रमिकमा फिल्म सम्झौता गरिरहेको चर्चा चलेको समय कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैंडा’ले भने आफूले खेलेको फिल्म असफल भए ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै निर्माता बचाउन आफूले यो निर्णय गरेको बताएका हुन् ।
‘म कलाकारिता रुचाउने सामान्य कलाकार, फिल्म क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु’, उनले लेखेका छन् ‘मैले कुनै महान काम त गरेको हैन । तर हालसालै प्रदर्शन भएको आफूले पनि खेलेको फिल्मले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ, लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन ।’
निर्मल शर्माको यो निर्णयको निर्देशकदेखि निर्मातासम्मले प्रशंसा गरेका छन् ।
उनको पोस्टमा ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले हरेक कलाकारलाई यस्तै बुद्धि आउनुपर्ने बताएका छन् । त्यस्तै, कलाकार तथा निर्माता दीपकराज गिरीले निर्मल शर्माको निर्णयको प्रशंसा गर्दै पैसा नलिने निर्णय गरे वर्षमा ३ सय फिल्म बन्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण