पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुँदै
काठमाडौँ । काठमाडौँ स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिइएको हो ।
आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौँको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको प्रतियोगिताका निर्देशक ज्योति भण्डारीले बताए ।
कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमबिच प्रतिस्पर्धा हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् ।
विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ । यद्यपि, यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए ।
एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ । क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्यूनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए ।
प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण