बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपाल किड्स आइडलको ‘स्कुल एक्टिभेसन’ सुरु

शुक्रबार, १३ असार २०८२, ०९ : २३
शुक्रबार, १३ असार २०८२

सारांश

  • जय मिडियाको आयोजनामा ‘नेपाल किड्स आइडल’को स्कुल एक्टिभेसन सुरु भएको छ।
  • यो शोमा ५ देखि १५ वर्षका बालबालिकाले भाग लिन पाउनेछन् र अडिसन नेपाल र भारतमा हुनेछ।
  • विजेताले नगद पुरस्कार र अन्य उपहार पाउनेछन्, र शो राष्ट्रिय टेलिभिजनमा प्रसारण हुनेछ।

काठमाडौँ । जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ को ‘स्कुल एक्टिभेसन’ सुरु भएको छ । 

आयोजकले विद्यालय–विद्यालय पुगेर शोको प्रचारप्रसारका लागि ‘स्कुल एक्टिभेसन’ सुरु गरेको हो ।  आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।

जय मिडियाका संस्थापक जय राज रायले स्कुल एक्टिभेसनले विद्यार्थीलाई शो प्रति चासो बढाएको बताए । ‘विद्यालयका विद्यार्थीसँगै शिक्षक तथा अभिभावकले पनि यो शोप्रति चासो देखाउनुभएको छ । बालबालिका लक्षित कार्यक्रम भएकाले पनि सबैले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने ।

जयका अनुसार नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गरिनेछ ।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन् । त्यस्तै २६ जना प्रतियोगीले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्  । ३० एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप