शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणा

शनिबार, १४ असार २०८२, १७ : १५
शनिबार, १४ असार २०८२

सारांश

  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिन्।
  • मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन्।
  • उनले पार्टी सदस्यता नवीकरण गर्दै देश र जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको जनाइन् । भण्डारीले भनिन्– ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’ 

उनले अब आफू नेकपा एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको घोषणा गर्दै यसमा आफू गर्व गरेको बताइन् । उनले यसमा आफ्नो कुनै विशिष्ट लक्ष्य नभएको भन्दै देश र जनताको सेवा गर्ने एक मात्र उद्देश्य रहेको बताइन् ।

जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन् । उनले राजनीतिक यात्रामा यहाँसम्म आउँदा धेरै कुरा बुझिएको, सिकाएको र परिपक्व बनाएको बताइन् ।

तत्कालीन एमाले उपाध्यक्ष भण्डारी २०७४ को निर्वाचनपछि राष्ट्रपति बनेसँगै सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । उनी २०७९ को निर्वाचनपछि सात वर्षे राष्ट्रपति कार्यकाल सकाएर शीतल निवासबाट निजी निवास फर्केकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप